
काठमाडौं। भोटेकोसी नदीमा आएको बाढीका कारण ३ जलविद्युत आयोजनामा क्षति पुगेको छ । जसका कारण करिब २ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत आयोजनामा पुगेको छ । पुरानो त्रिशूली जलविद्युतलगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको ढकालले बताए । उनका अनुसार थ्री बी हब सबस्टेसन सबैभन्दा बढी जोखिममा रहेको छ ।

























