कोशी प्रदेशले खर्च गर्याे २७ अर्ब २५ करोड बजेट

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १२:२६

विराटनगर । चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ७७ प्रतिशत हो ।

कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल विनियोजित रकमको ७७.२६ प्रतिशत हो ।

प्रदेशको पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७९.२६ प्रतिशत हो । चालुतर्फ ७५.२९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले विनियाेजन भएकाे ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेकाे छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । सो मन्त्रालयका लागि ४ अर्ब ४२ करोड ५३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

स्थानीय तहका लागि विनियोजित ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख खर्च भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.