
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि सुनचाँदीको मूल्य तोकेको छ ।
व्यवसायी आन्दोलित भएका कारण यसअघि असार १९ गतेदेखि सुनचाँदीको मूल्य तोकिएको थिएन । महासंघले ८ दिनपछि मूल्य तोकेको हो ।
महासंघले सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम गरेको छ । असार १९ गते १ लाख ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो । ८ दिनपछि मूल्य तोक्दा प्रतितोला ३ सय रूपैयाँ घटेको छ ।
चाँदीको मूल्य प्रतितोला २ हजार २ सय २० रुपैयाँ कायम गरिएको छ । असार १९ गते तोलाको २ हजार १ सय ७० रुपैयाँ थियो ।

























