
विराटनगर । विराटनगरको रोडशेष चोकमा शनिबारदेखि ‘सुनामी रेष्टुरेन्ट एण्ड बार’ (होटेल) सञ्चालनमा आएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले एक कार्यक्रमका बीच होटेलको उद्घाटन गरेका छन् । उनले यो व्यवसायलाई मर्यादित र राम्रोसँग चलाउनका लागि शुभकामना दिए ।
विराटनगरका दीपेन्द्र खुलाल, जनक श्रेष्ठ र सुरजकुमार प्रधानले संयुक्त रुपमा होटेल सञ्चालन ल्याएका हुन् । विराटनगरमा यस प्रकारको रेष्टुरेन्ट नभएको र यस्तो वातावरणको पहिलो नै भएको दाबी गर्दै सुरजले भने, ‘हामीहरु एकै परिवारका सदस्य मिलेर खोलेका हौं । हामीहरुले दुबईमा १७÷१८ वर्ष काम गरेको अनुभवका आधारमा यहाँ खोलेका हौं । त्यही भएर अरुभन्दा अलि फरक खालको छ ।’
उनले रेष्टुरेन्टमा पारिवारिक वातावरण हुने बताए । सुनामीमा दिउँसो ३ देखि ६ बजेसम्म ‘ह्यापी आवरमा लाइभ म्युजिक’ हुनेछ भने साँझ ७ देखि १० बजेसम्म नृत्य र कमेडीहरु प्रस्तुत हुनेछ ।
डेढ करोड रुपैयाँ लगानीमा खोलिएको सुनामीमा करिब ४० जनालाई रोजगारी प्रदान गरिएको उनको भनाइ छ । कार्यक्रममा विराटनगर होटल व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।



























