
काठमाडौं । आज (आइतबार) सेयर बजार २९ अंकले बढेको छ । यो १.०६ प्रतिशत हो । मौद्रिक नीतिपछि पहिलो कारोबार २७६० अंकमा पुगेर रोकियो ।
आज कारोबार रकम पनि बढेको छ ।
बिहीबार ९ अर्ब ६८ करोडको कारोबार भएको थियो । आज ११ अर्ब ४१ करोडको कारोबार भएको हो ।
आज १५८ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घट्यो । आज माइक्रोफाइनान्स ३.५० र बैंकिङ ३.३७ प्रतिशत बढ्यो ।
विकास बैंक १.४७, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशतले बढ्यो । हाइड्रोपावर ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, अन्य ०.२७ र व्यापार ०.२६ प्रतिशत घट्यो ।

























