‘मौद्रिक नीतिमा सकारात्मक पक्ष देखिएको छ’

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १९:४६

विराटनगर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/ ८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा धेरै सकारात्मक पक्ष समेटिएको उद्योग संगठन मोरङले जनाएको छ।

बजार चलायमान हुन नसकिरहेको वर्तमान अवस्थामा सरकारको बजेट र मौद्रिक नीतिबीच तादम्यता देखिनु सकारात्मक पक्ष भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

अर्थतन्त्रमा शिथिलता छाएको अवस्थामा बजारलाई तत्कालै चलायमान बनाउने उद्देश्यका साथ रियल स्टेट र शेयर कर्जामा अपनाएको लचिलो पनले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने राठीले बताए ।

घर निर्माण र खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा बृद्धि, जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म–कम्पनीलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्ने व्यवस्था, शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा बृद्धि जस्ता विषयहरू मौद्रिक नीतिमा समावेश गरिएको छ ।

कृषि, साना तथा घरेलु उद्योगको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.