सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १९:१२

विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई ९ सय ५८ मतले पछि पार्दै १ हजार ६ सय ५ मतका साथ विजयी भए भने शिवराज श्रेष्ठले ६ सय ४७ मत प्राप्त गरे ।

उद्योग सदस्य पदमा कृष्णप्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मतका साथ विजयी भए ।

वाणिज्यतर्फ महिला सदस्यमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मतका साथ विजयी भइन् । एशोसिएट सदस्यतर्फ ललित अग्रवालले ११७, राजु साहले ८५ र राजेश अग्रवालले ८० मत ल्याएर विजयी भए ।

उद्योग महिला सदस्यमा मिना राई (मगर), वस्तुगत सदस्य पदमा नवीनकुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.