नयाँ आर्थिक वर्षको पहिलो दिन बढ्यो सुनको मूल्य

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार ११:२६

काठमाडौं । सुनको मूल्य बढेको छ । नयाँ आर्थिक वर्ष २०८२–०८३ को पहिलो दिन बिहीबार सुनचाँदीको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिम दिन अर्थात असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य ५ रुपैयाँ बढेर कारोबार भएको हो ।

बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार १ लाख ९२ हजार रुपैयाँ थियो ।

चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ थियो । बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.