
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । सुन र चाँदीकै मूल्यमा सामान्य वृद्धि भएको हो ।
सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रूपैयाँ पुगेको छ । बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको २ हजार २ सय ८० रूपैयाँ कायम भएको छ । बिहीबार २ हजार २ सय ६५ रूपैयाँ थियो ।

























