माेरङ सुनसरीमा ट्रान्सफर्मर चोरीकाे आतंक, ५ जना पक्राउ

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १९:२५

विराटनगर । मोरङ, सुनसरीमा विद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय कोशीबाट खटिएको टोलीले सुनसरी र मोरङबाट ५ जनालाई पक्राउ गरेको हो ।

५ जनालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए । पक्राउ परेकाहरुकाे विवरण प्रहरीले सार्वजनिक गरेकाे छैन ।

याे गिराेहले पछिल्लाे समय ट्रान्सफर्मर चाेरीकाे आतंक सृजना गरेकाे थियाे ।

पछिल्लो एक वर्षमा मात्र मोरङ, झापा र सुनसरीमा २२ वटा ट्रान्सफर्मर चोरी भएको छ । सबैभन्दा धेरै चोरी सुनसरीमा १२ वटा भएको छ । मोरङमा ८ र झापामा २ ट्रान्सफर्मर चोरी भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहका अनुसार मोरङ र सुनसरीका ग्रामीण क्षेत्रमा सिँचाइ र खानेपानीका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएको थियो ।

चोरहरूले ११ हजार भोल्टको लाइन सर्ट गराएर ट्रान्सफर्मर झार्ने र तामाको क्वाइल निकाल्ने गरेका छन् । २२ ट्रान्सफर्मर चोरी हुँदा प्राधिकरणलाई २ करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.