
विराटनगर । धनुषामा धारिलो हतियार प्रहार गरी १ जनाको हत्या भएको छ भने, २ जना घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी १४ वर्षीया अञ्चली यादवको हत्या भएको हो ।
अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।
चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो ।

























