फाइल फाेटाेकाठमाडौं । थाइल्याण्डबाट नेपालमा २०७ किलो गाँजा भित्रिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको हो ।
थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्यूरोले बताएको छ ।
थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।
पछिल्लो एक आर्थिक वर्षमा ब्यूरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।
ब्यूरोले आर्थिक वर्ष २०८१–८२ मा लागुऔषधका १ हजार १३२ मुद्दा चलाएको छ ।
यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ ।

























