
सिराहा । सिराहामा हत्या भएको अवस्थामा १ जना वृद्धको शव भेटिएको छ ।
धनगढीमाई नगरपालिका–११ का७५ वर्षीय फनिलाल यादवको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार उनी पूर्ववडाध्यक्ष कमलदेव यादवका बुवा हुन् ।
घरमा एक्लै बस्दै आएका उनको शव रक्ताम्य अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको पहिचान हुन बाँकी छ । हत्यामा संलग्नको खोजी गर्दै घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























