मधेशका पूर्वप्रमुख झाद्वारा बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १७:३३

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाले आफूविरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै आपराधिक लाभको अभियोगमा मुद्दा दायर गरेका छन् ।

बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले धम्की दिएर रकम असुल गरेको आरोपसहित ती युवतीविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा जाहेरी दर्ता गराएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार ती युवतीले २० लाख रुपैयाँ मागेको र सामाजिक रूपमा बदनाम गरिदिने तथा आत्महत्या गर्ने धम्की दिँदै नगद ३ लाख रुपैयाँ लिएको दाबी अहिराजले गरेका छन् ।

बलात्कारको जाहेरी दर्ता भएपछि अहिराजले आपराधिक लाभको मुद्दा दर्ता गराएका हुन् । यसअघि पीडित भनिएकी युवतीले २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा अहिराजले बलात्कार गरेको आरोपसहित जाहेरी दिएकी थिइन् ।

एक्लै भएको बेला अहिराजले डेरामा जबर्जस्ती प्रवेश गरी आफूमाथि बलात्कार गरेको विषय युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । दुवै पक्षले एकअर्काविरुद्ध गम्भीर आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.