
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न बुधबार आदेश दिएको हो । अहिराजविरुद्ध एक युवतीले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
साउन ४ गते पक्राउ परेका झामाथिको अनुसन्धान प्रहरीले ९ दिनमै सकेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको थियो ।
अहिराजले आफूलाई २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको ती युवतीले लगाएकी थिइन् । अहिराजले पनि आफूविरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका छन् ।

























