ताप्लेजुङमा प्रहरी हत्याका दोषी १३ वर्षपछि पक्राउ

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार १३:३३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा १३ वर्षअघि प्रहरी जवानको हत्या गरेर फरार रहेका अभियुक्त सुभाष लिम्बू अन्ततः फुङलिङ बजारबाट पक्राउ परेका छन् ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनी शुक्रबार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा लिम्बूलाई २०७१ साल असोज ३१ गते जिल्ला अदालत ताप्लेजुङले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

लिम्बूले २०६९ असोज १० गते मेरिङदेन गाउँपालिका–३ मा गस्तीमा खटिएका प्रहरी जवान भूपाल आचार्यको हत्या गरेका थिए । खुकुरी, चुप्पी र तरबार प्रहार गरेर आचार्यको हत्या गरेका हुन् ।

सोही घटनामा प्रहरी जवान चन्द्र देवान गम्भीर घाइते भएका थिए । गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गर्दै १ जना जवानको हत्या र अर्का जवानलाई घाइते बनाएपछि हतियार लुटेर लिम्बू फरार बनेका थिए । प्रहरीको ३०३ राइफल लुटेर भागेका उनी घटनाको १३ वर्षपछि पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा लिम्बूलाई शुक्रबार फुङलिङ बजारबाट पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको थियो । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि लिम्बूलाई कारागार चलान गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.