
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट लागुऔषधसहित २ जना शनिबार राति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको संयुक्त टोलीले धरान–१५ घर भइ धरान–५ स्थित एभरेस्ट लाइन बस्ने ३६ वर्षीय हेमबहादुर तामाङ र धनकुटा घर भए धरान–१६ मा बस्दै आएका २८ वर्षीय मिलन थापा मगर पक्राउ परेका छन् । उनीहरुले भाडामा लिएको कोडाबाट ट्रमाडोल २ हजार ९ सय १० क्याप्सुल र डिकोलिक २ हजार ९ सय ५० क्याप्सुल बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
दुवै जनलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























