
सप्तरी । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । हवाई फायर गरेर प्रहरीले सप्तरीबाट २ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबारी विशाल राय र मनोज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ राउण्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ । पक्राउ परेकाको २ सय ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको प्रहरीले जनाएको छ ।

























