कोशीका ३ जिल्लामा २२ ट्रान्सफर्मर चोरी, माघदेखि सक्रिय गिराेह पक्राउ

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १५:३१

विराटनगर । कोशी प्रदेशका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शृंखलाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

गत माघ १५ गतेयता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ वटा ट्रन्सफर्मर चोरी भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले गिरोहको विवरण सार्वजनिक गरेको छ ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका– २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भएर दुहबी – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियालाई पक्राउ गरेको हो ।

चोरीको सामान किनेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर– ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सीताराम राई पक्राउ परेका छन् ।

गिरोहले ट्रान्सफर्मर चोरी गर्दै त्यहाँभित्रको तामाको तार विभिन्न व्यक्तिलाई बिक्री गर्दै आएका थिए । प्रहरीका अनुसार तामाको तार महँगो मूल्यमा बिक्री हुन्छ । प्रहरीले तामाको तार चोरी गरेर बिक्री र खरिद गर्नेलाई पक्राउ गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार पक्राउ परेको गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको पाइएको छ । चोरीमा प्रयोग भएका औजार डायल रेन्च २२ थान, सलाई रेन्व ३, पिलास ३, पेचकस ३, छिनो १, साङली १, कैची १ र ह्याक्सो बिलेट ३ थानसहित चोरी प्रयोग गरिने विभिन्न सामान बरामद भएको कार्कीले बताए ।

प्रहरीले चोरीमा प्रयोग भएका सवारीसाधन पनि नियन्त्रणमा लिएको छ । एउटा पिकअप गाडी र ५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको डीआईजी कार्कीको भनाइ छ । उनका अनुसार को १ च ७७२९ नम्बरको पिकअपसहित प्रदेश १–०२–०५० प ७०९५, प्रदेश १–०२–०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १–०२–०५० प ३०४९ र को २९ प ४५४४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेको गिरोहले गत माघ १५ गतेदेखि चोरी गर्दै आएको डीआईजी कार्की बताउँछन् । साउन ९ गते मोरङको रंगेली नगरपालिका– ९ इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुगेको थियो । ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा टोली खटिएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.