
काठमाडौं । प्रहरीले करिब ८ केजी लागुऔषध सेतो हिरोइनसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ ।
साउन १७ र १८ गते लाओसबाट बैंकक हुँदै काठमाडौं आएका उत्तर प्रदेश जौनपुर ठेगाना भएका ३५ वर्षीय फिरोज अहमद र भारतको इरोद, तालिमनाडु ठेगाना भएका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेलको साथबाट सेतो हिरोइन बरामद भएको हो ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार पक्राउ परेका फिरोज अहमदको साथबाट ४ किलो सेतो हेरोइन र मौलेश्वरको साथबाट ३ किलो ८०० ग्राम सेतो हेरोइन बरामद भएको हो ।
उनीहरूलाई त्रिभुवन विमानस्थलको गौचरणको अराइभल एरियाबाट पक्राउ परेका हुन् ।

























