सुनसरीबाट स्रोत नखुलेको रकम र खैरो हेरोइनसहित २ जना पक्राउ

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार ११:१०

विराटनगर । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक पनि छन् ।

कोशी गाउँपालिका–१ लौकहीबाट मंगलबार साँझ २ जनालाई पक्राउ गर्दा २ लाख ५६ हजार रूपैयाँ नगद र ८८ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोजकुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ वर्षीय राजकुमार खत्वेलाई साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।

मनोजको साथबाट स्रोत नखुलेको २ लाख ५६ हजार र राजकुमारको साथबाट ८८ लाख ग्राम ३ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी डीएसपी खतिवडाले दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको छ ।

त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ इनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट ब्राउन सुगर बरामद भएको थियो । बस्नेतको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.