झापामा राति रुखमा बाँधेर छाडिएका पुरुष भोलिपल्ट मृत भेटिए, ४ जना पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार १२:१४

विराटनगर । झापामा रुखमा बाधेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । झापाको झापा गाउँपालिका–१ लसुनामा आँपको रुखमा बाधेको अवस्थामा बुधबार बिहान स्थानीय ६० वर्षीय जतन सोरेन मृत फेला परेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेर छाडेका थिए । भोलिपल्ट बिहान करिब ४ बजे बाँधेकै स्थानमा उनी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार छिमेकी महादेव टुडूको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत्यु भइसकेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडू पक्राउ परेका छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको डीएसपी खड्काले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.