
विराटनगर । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरेका छन् ।
बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन गरेका हुन् ।
उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
मंगलबार राति तस्करीको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो । घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।
मंगलबार राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा मृत्यु भएको थियो ।

























