पंथाकको घरमा प्रतिबन्धित औषधि

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार १२:४६

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–५ कंचन टोलका राजेन्द्र पंथाकको घरबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले पंथाकको घरमा बिहीबार बिहान १०ः२० बजेतिर छापा हानेको थियो । छापा हान्ने क्रममा घरभित्र भण्डारण गरेर राखिएको ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पंथाकको घरबाट ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल नामक प्रतिबन्धित औषधि २० हजार पिस बरामद गरेको छ । घरबाट प्रतिबन्धित औषधि बरामद भएसँगै ४६ वर्षीय पंथाकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पंथाकले उक्त औषधि भारतबाट ल्याएर घरमा भण्डारण गरी अन्यत्र ‘सप्लाई’ गर्ने गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.