जुवा खालबाट ८ जना पक्राउ, १ लाख १४ हजार बरामद

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार १८:२७

विराटनगर । झापाकाे बिर्तामोड नगरपालिका–५ स्थित एक चिया पसलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ, पाँचथर र झापाका छन् । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख १४ हजार ५ सय ५५) र १२ बुङ तास बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा इलामका ३८ वर्षीय तिर्थराज तामाङ र ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङका ४२ वर्षीय भुपालकुमार कटुवाल, पाँचथरका २९ वर्षीय मनकुमार कटुवाल, ४९ वर्षीय हमबहादुर थापा, ३५ वर्षीय सुजन श्रेष्ठ र ३५ वर्षीय ध्रुव श्रेष्ठ तथा झापाका ५१ वर्षीय गोपाल श्रेष्ठ  छन् ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट चार दिनको म्याद थप गरेकाे प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवा खेल्ने वा खेलाउनेलाई पहिलो पटक तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दोस्रो पटकदेखि कसूर गर्नेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिका कसूरमा पटकैपिच्छे थप तीन महिना कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.