फाइल फाेटाेविराटनगर । विराटनगरकाे सीमावर्ती क्षेत्रबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत – २ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत– १० का ३५ वर्षीय सरफराज छन् ।
शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मो सिकंदर बाखतको साथबाट सेतो प्लास्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवै जनाले मिलेमतोमा भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

























