
विराटनगर । सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद भएको हो । बरामद भएको गाँजा १७ पोकामा छ ।

























