भाइले गरे दाजुको हत्या : सप्तरीमा बन्चरो प्रहार, विराटनगरमा मृत्यु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १६:३८

विराटनगर । सप्तरीमा बन्चरो प्रहार गरेर भाइले आफ्नै दाजुको हत्या गरेका छन् । राजविराज नगरपालिका–१ का ३० वर्षीय नरेन्द्र झाले दाजु ४० वर्षीय लोकेन्द्र झाको हत्या गरेका हुन् ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार नरेन्द्रले शुक्रबार बिहान १०ः१५ बजेतिर दाजु लोकेन्द्रमाथि बन्चरो प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका लोकेन्द्रलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

दिउँसो १ः२५ बजेतिर अस्पताल पुर्याइएका लोकेन्द्रलाई ३ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । उनका अनुसार दाजुमाथि भाइले बन्चरो प्रहार गर्नुको कारण खुल्न सकेको छैन ।

दाजुको हत्यामा संलग्न नरेन्द्र फरार छन् । उनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए । ‘दाजु–भाइबीचमा के विवाद थियो भनेर यकिन छैन,’ उनले भने, ‘अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.