दैलेखमा १२ वर्षीया बालिका बलात्कृत

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १४:३४
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

काठमाडौं । दैलेखकी एक जना १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

चामुण्डाबिन्द्रासैनी –८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउन २२ गते राति तिजको नाच हेरेर फर्कँदै गरेकी बालिकालाई पक्राउ परेका दुवै जनाले बलात्कार गरेको खुलेको छ ।

तिजको नाच हेरेर फर्किँदै गर्दा उनीहरूले बालिकालाई पालैपालो बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४ / ५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए ।

पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकै एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले ती बालिकालाई ढुंगासमेत प्रहार गरेका थिए । ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न नसकेको हो । त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरूले तत्कालै घरमा घटनाबारे जानकारी दिएपछि अभिभावकहरू घटनास्थल पुगेका थिए ।

बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेका थिए ।

पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई घटना लगत्तै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरूले जनाएका छन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.