
कैलाली । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव बुझ्न आफन्त तयार भएका छन् । विभिन्न माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलमा उनीहरूले माग सम्बोधन भएपछि शव बुझ्न तयार भएका हुन् ।
मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखेका थिए ।
माग सम्बोधन गर्न प्रशासन तयार भएपछि आफूहरू शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए ।

























