
सिन्धुली । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा राति गाडी चलाउन रोक लगाइएको छ । भदौ १५ गतेसम्मलाई रातको समयमा राजमार्ग बन्द गरिएको हो ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले भदौ १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाइने बताए । देशमा मनसुन सक्रिय रहेकाले विपद्को अवस्था सिर्जना हुनसक्ने भएकाले गाडी चलाउन रोक लगाउने निर्णय भएको उनको भनाइ छ ।

























