इटहरीबाट ‘नक्कली व्याकुल माइला’ पक्राउ, राष्ट्रिय गानको नाममा ठगी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १६:५८

इटहरी । आफू राष्ट्रिय गानका वास्तविक रचयिता प्रदीपकुमार राई उर्फ व्याकुल माइला रहेको दाबी गर्दै ठगी गर्ने १ जना व्यक्ति इटहरीबाट पक्राउ परेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का मिलनकुमार राईले आफू व्याकुल माइला भएको दाबी गर्दै सरकारी कार्यालय तथा व्यक्तिहरूलाई भ्रममा पारेर आर्थिक लाभ लिने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीका अनुसार मिलन राईले ‘व्याकुल माइला’ भएर किताब बिक्री गर्नेदेखि राष्ट्रिय गान लेखेको, प्रधानमन्त्री र राष्ट्रपतिबाट सम्मान प्राप्त गरेको भनी ठगी गर्ने गरेको पाइएको छ ।

उनी बिहीबार किताबको पैसा माग्न भनेर इटहरी उपमहानगरपालिकामा पुगेका बेला पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएका मिलनले यसअघि पनि विभिन्न कार्यालयमा एजेन्ट पठाएर ठगी गर्ने गरेको खुलेको छ ।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार व्याकुल माइला नामको किताब बेच्ने भन्दै ठगी गरिरहेको पाइएपछि २ महिनादेखि खोजी भइरहेको थियो । मिलन राईले व्याकुल माइला रहेको दाबी गर्दै ठगी गर्दा साहित्य, कला र संगीतकर्मीहरूमा ठूलो हल्ला फैलिएको थियो ।

घटनाको पर्दाफास भने मूर्तिकार एवं कलाकार विक्रम श्रीले गरेका हुन् । उनका अनुसार मिलनले व्याकुल माइला भएर आफूलाई फोन र म्यासेजमार्फत नगद वा काम गरिदिन आग्रह गरेका थिए । श्रीले व्याकुल माइलासँगै सिधा सम्पर्क गरेपछि मिलनको वास्तविकता खुलेको थियो ।

व्याकुल माइला अर्थात प्रदीपकुमार राईले भने आफ्नो मानमर्दन भएको बताएका छन् । उनले भने, ‘राष्ट्रिय गान प्रतिस्पर्धाबाट छानिएको गीत हो । राष्ट्रको सम्पत्ति हो । अर्काको नाम र प्रतिभा बेचेर ठगी गर्नु व्यक्तिगत मात्रै नभएर राष्ट्रकै अपमान हो ।’ उनले यसअघि पनि मिलन राईविरुद्ध उजुरी दिएका थिए । तर, कारबाही भएको थिएन ।

मिलनमाथि ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार यस विषयसँग जोडिएको थप कुरा अनुसन्धान पूर्ण भइसकेपछि पत्ता लाग्ने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.