
काठमाडौं । बैंकिङ कसुरको आरोपमा गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
उनी २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए ।

























