
विराटनगर । विराटनगरमा जारी राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १९ जना पुरुष र ७ जना महिला पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गर्ने काम भइरहेको छ । यो संख्या अझै बढ्ने छ ।
रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको माेरङ प्रहरी प्रवक्ता डिएसपी काेपिला चुँडालले जानकारी दिइन् ।
प्रहरीका अनुसार मोबाइल र सिक्री हराएको केही सूचना पनि आएको छ ।
रथयात्राका क्रममा हराएका तीन बालक पनि भेटिएको प्रहरीले जनाएको छ ।

























