
विराटनगर । छोरीलाई करणी गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङका ४७ वर्षीय बुवाले १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार आफन्तले जोहेरी दिएपछि घटना बाहिरिएको हाे ।
पीडितको आफन्तले दिएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले पीडितलाई सोधपुछ तथा स्वास्थ्य परीक्षण गराइसकेको छ ।
पक्राउ परेकाले ५ / ६ महिनादेखि डर देखाउँदै बालिकालाई जबरजस्ती करणी गर्दै आएको खुलेको प्रहरीले बताएकाे छ । अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























