
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण भएको छ । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा एमाले नेतासमेत रहेका सेन्दाङमाथि शनिबार आक्रमण भएको हो ।
आक्रमणबाट घाइते सेन्दाङलाई अस्पतालले विर्तामोड स्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख(डीएसपी) वेदप्रसाद गौतमका अनुसार वडाध्यक्ष सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कदै गर्दा सेन्दाङ माथि तोक्मेडाँडा क्षेत्रमा ५–७ जनाको समूहले सांघातिक आक्रमण गरेको एमाले ताप्लेजुङले जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्नको खोजी जारी राखेको जनाएको छ ।

























