
राैतहट । रौतहटको गौरमा सुटकेश भित्र राखेको अवस्थामा महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनार राखिएको सुटकेश भित्र अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको हो ।
शनिबार राति करिब १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोड नजिकै सुटकेश फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार डाेरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश आइतबार बिहान खोलेर हेर्दा शव फेला परेको हाे ।
अपरिचित व्यक्तिले नामथर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएको उनलेे बताए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छद। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गिरीले बताए ।

























