इटहरीमा ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ८, आइतबार १३:१३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–७ बालग्रामस्थित एउटा घरमा प्रहरीले छापा मार्दा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र नगदसहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार साँझ करिब ७ः४० बजेतिर इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी बालग्रामबाट खटिएको संयुक्त टोलीले भोजराज कार्कीको घरमा कोठा भाडामा बस्ने २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–६ का २८ वर्षीय विप्लव चौधरी र इलाम फाक्फोकथुम गाउँपालिका–६ की २७ वर्षीया सुष्मा राई रहेका छन् ।

उनीहरूको कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने वस्तु ३४.५६ ग्राम तथा नगद ७६ हजार १ सय रुपैयाँ फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । पक्राउ परेका दुवै जनामाथि इटहरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.