
रौतहट । रौतहटमा सुटकेसभित्र राखिएको अवस्थामा मृत फेला परेकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।
साहको हत्या आरोप लक्ष्मण पासवानमाथि छ । प्रहरीको खोजी सूचीमा रहेका उनी बुधबार बिहान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरको पश्चिमतर्फको बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् । बिहान करिब साढे ६ बजे आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको थियो ।

























