
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएसँगै उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनलाई प्रहरीले म्याद थप गर्न अदालत पुुर्याएको छ ।
गालीबेइज्जती र चरित्रहत्या गरेको आरोप लगाउँदै १ युवतीले महरविरुद्ध हुलाकमार्फत साइबर ब्युरो भोटाहिटीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पुर्जी जारी भएसँगै प्रहरीमा उपस्थित भएका महरमाथि अब प्रहरीले अनुसन्धान अघि बढाउने छ । महर र ती युवबीच सामाजिक सञ्जाल हुँदै सार्वजनिक वाकयुद्ध चलेको विषयले पछिल्लो समय चर्चा पाएको थियो ।

























