प्रहरी सेवाबाट बिदा हुँदै आईजीपी दीपक थापा

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार ०९:०९

काठमाडौं । नेपाल प्रहरीका ३१ औं महानिरीक्षक (आईजीपी) दीपक थापा प्रहरी सेवाबाट आज (बुधबार)देखि बिदा हुँदै छन् । उनी अनिवार्य अवकाशमा गएका हुन् ।

प्रहरीको ३० बर्से सेवाहदका कारण थापा राति १२ बजेदेखि लागू हुने गरी सेवाबाट बिदा हुने छन् । उनले ५ महिना १३ दिन प्रहरीको नेतृत्व गरे । प्रहरी प्रधान कार्यालयले थापाको बिदाइमा दिउँसो कार्यक्रमको आयोजना गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुन निर्देशन दिइएको छ । थापाको छोटो कार्यकाल पनि विवादरहित बन्न सकेन । आईजीपी नियुक्त भएसँगै थापाले १ महिना पहिल्यै बिदा हुने बताए पनि आफ्नो अवधि लम्ब्याउन नियमावली संशोधनकै चलखेल भयो ।

यही बीचमा थापाकै निर्देशनमा हातहतियार र बन्दोबस्तीका सामान खरिदमा सेटिङमा ठेक्का लगाइएको भन्दै आलोचना भयो । थापा आईजीपी बनेकै दिन काठमाडौंबाट २५ करोड नगद बरामद भएपछि प्रशंसा पाएका थिए ।

तर, चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा म्याद गुज्रेका अश्रुग्यास हान्नेदेखि अनावश्यक बल प्रयोग गर्नेसम्मका कदमहरु विवादित बने । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका समयमा पूर्वगृहमन्त्री रवि लामिछानेको सरुवादेखि ठगीका मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्नेसम्मका काममा उनको नेतृत्व पनि असफल सावित भयो ।

नेपाल प्रहरीको ३२ औं आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त भईसकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.