मोरङबाट लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार १४:३८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत सशस्त्र प्रहरी हवल्दार लागुऔषधसहित पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज घर भएका सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय मनिष गिरी पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राति नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

गिरीले प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा ओछ्यानको सिरानीमुनि ३० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गिरीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

गिरीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ । सुरक्षा निकायमै कार्यरत व्यक्ति लागुऔषधसहित पक्राउ पर्नु गम्भीर विषय भएको भन्दै डीएसपी चुँडालले गिरी लागुऔषधका कारोबारी हुन् कि सेवनकर्ता भन्ने बारेमा अनुसन्धानपछि मात्रै यकिन हुने बताइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.