
काठमाडौं । सिन्धुपाल्चोकमा जितबहादुर तामाङको हत्याको करिब ४५ वर्षपछि प्रतिवादी जिवनाथ तिमिल्सिना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट ७० वर्षीय तिम्सिनालाई पक्राउ गरेको हो ।
२०३७ सालमा भएको हत्या प्रकरणमा संलग्न तिमिल्सिनालाई प्रहरी टोलीले २०८२ साउन २२ गते काठमाडौं महानगरपालिका– १३, ताहाचलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोकको साविक माङ्खा गाविस– ७ मा जितबहादुर तामाङको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरी खुकुरी प्रहार गरेर हत्या भएको थियो । यो घटनाका फरार प्रतिवादी बलेफी गाउँपालिका– ६ साविक माङ्खा– ८ का जिवनाथ तिमिल्सिना त्यसबेलादेखि फरार रहेका थिए ।
पक्राउ परेका ७० वर्षीय तिमिल्सिनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । अदालत २० वर्ष कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरेको छ । हत्याको घटना हुँदा तिम्सिना ३३ वर्षका थिए । ७० वर्षको उमेरमा कैद भुक्तानका लागि कारागार चलान भएका हुन् ।

























