
झापा । लागुऔषध मुद्दामा अदालतबाट सजाय तोकिएकामा फरार रहेका १ जना युवकलाई प्रहरीले झापामा पक्राउ गरेको छ ।
दमक नगरपालिका–२ खरखरेका २४ वर्षीय विजय धिमाललाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । धिमाललाई जिल्ला अदालत झापाको २०८१ साल जेठ १४ गते ५ वर्ष ९ महिना ४ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
फरार रहेका धिमाललाई प्रहरीले दमक नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेर बुझाएपछि सजाय भुक्तानका लागि धिमाललाई अदालतले कारगार चलान गरेको छ ।

























