
विराटनगर । सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताकाे आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाकाे टाेली पुगेकाे थियाे ।
झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरि १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
जेनजीकाे नाममा अराजक समूहले माेरङकाे इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । अराजक समूहले इलाका प्रहरी कार्यालय पथरीकाे मुद्दा शाखाकाे कागजात जलाएका छन् ।

























