विराटनगरको बाल सुधारगृहबाट भागेकाहरु धमाधम पक्राउ पर्दै

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १७:२८

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट बुधबार बिहान भागेका बाल बिज्याइँकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।

गृहमा रहेकामध्ये २ सय भन्दा बढी बाल बिज्याइँकर्ताहरु एकैपटक भागेका थिए । गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जनाजति भने नभागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ‘५० जनाजति भित्रै बसे । अरु बाल सुधारगृहबाट फरार भए । अहिले धमाधम पक्राउ परिरहेका छन्,’ प्रहरीका १ अधिकृतले भने ।

ती अधिकृतका अनुसार गृहको मुख्य गेटको चाबी एक्कासि फुटाएर बाल बिज्याइँकर्ताहरु भागेका थिए । गृहको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । यो समाचार तयार पार्दासम्म फरार भएकामध्ये १ सय ५० जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।

भागेका अन्यलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भागेहरुलाई सुरक्षाकर्मीसहितको टोलीले नियन्त्रणमा लिएर सुधारगृहभित्र लगेका छन् । फरार भएका बाल बिज्याइँकर्तालाई स्थानीयले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.