मोरङमा जेल ‘ब्रेक’ गर्ने योजना असफल

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १७:३८

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङ ‘ब्रेक’ गर्ने योजना असफल भएको छ ।

जेल ‘ब्रेक’ गरेर कैदीबन्दीलाई भगाउने योजनासहित पुगेको समूहलाई प्रहरीले हवाई फायर गरेर तितरबितर पारेको छ । अहिले कारागार सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा छ । जेल ‘ब्रेक’ गरेर कैदीबन्दी भगाउने असफल प्रयास भएको सुरक्षा स्रोतले बतायो ।

कारागारको मुख्य गेटमा करिब २–३ सयको संख्या पुगेकाहरुले नाराबाजी गर्दै कैदीबन्दीलाई छाड्नुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । कारागार बाहिर प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फयार गरेको थियो ।

हवाई फायरपछि जेल ‘ब्रेक’ गरेर कैदीबन्दी भगाउने योजनासहित पुगेको भिड तितरबितर भएको हो । कारागारको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट टोली परिचालन गरिएको छ ।

कारागारको सुरक्षाका लागि सशस्त्र प्रहरीसमेत परिचालित छ । कारागारलाई नेपाली सेनाले समेत आफ्नो निगरानीमा राखेको छ ।

त्यस्तै, जेनजीको नाममा अराजक समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए ।

फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । अराजक समूहले इलाका प्रहरी कार्यालय पथरीको मुद्दा शाखाको कागजात जलाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.