
विराटनगर । भाटभटेनी सुपरमार्केटको धरान शाखामा चार जनाको शव फेला परेको छ । शुक्रबार दिउँसो दाेस्राे तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।
आगलागी भइरहेकाे बेला लुटपाट गर्न गएकाहरुको शव भेटिएकाे उनले बताए । जलेको शवको पहिचान खुलेको छैन । उनका अनुसार शवको लिंग छुट्टीएको छैन ।
मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो । आगो निभेपछि शुक्रबार खोजतलास गर्ने क्रममा चार जनाको शव फेला परेको हो ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए ।

























