प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटिए

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १९:२६

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीले मानवीय मात्रै नभएर अभूतपूर्व भौतिक बेहोरेको छ ।

देशभर आन्दोलन तीव्ररुपमा फैलिँदा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । भदौ २४ गतेको प्रदर्शनमा प्रहरीमाथि ठूलो आक्रमण भएको थियो ।

प्रहरीका संरचनामा आगजनी र तोडफोड गरिँदा ४ सयभन्दा बढी प्रहरी भवन क्षतिग्रस्त भएका छन् । प्रहरीका १ हजार १ सय थान हतियार लुटिएका छन् । प्रदर्शन पहिलो दिन अर्थात भदौ २३ गते केही प्रहरी सामान्य घाइते भएका थिए । दोस्रो दिन भदौ २४ गतेको हिंसात्मक प्रदर्शनले व्यापक क्षति पुर्याएको हो ।

सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा भदौ २३ गते २१ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएर सेना नै परिचालन गरेको थियो ।

आन्दोलन रोक्न सुरक्षाकर्मीले गोली चलाए तापनि प्रदर्शनकारीहरूको आक्रोश कम भएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिए पनि आन्दोलन थप उग्र रह्यो । दिउँसोदेखि राति १० बजेसम्म तोडफोड र आगजनी जारी रह्यो । त्यसपछि मात्र सेनाले सम्पूर्ण सुरक्षा कमान्ड हातमा लिएर फिल्डमा उत्रिँदा हिंसा केही कम भयो ।

देशभर ४ सय ४५ प्रहरी कार्यालयमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएके छ । त्यसमध्ये १ सय ९७ कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् र मर्मत सम्भार गरेर प्रयोग गर्न सकिने अवस्था छैन ।

बाँकी २ सय ५८ कार्यालयमा आंशिक क्षति भएकोले मर्मत गरेर पुनः प्रयोग गर्न सकिने प्रहरीको भनाइ छ । काठमाडौं उपत्यकामा मात्र १ सय ५३ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ । रानीपोखरीमा रहेको एआईजी बस्ने कार्यालयमा समेत आगो लगाइएको थियो ।

प्रहरीका सवारी साधनमा तोडफोड गरेर क्षति पुर्याइएको थियो । केही गाडीहरू जलेका छन् भने केही चोरी भएको अनुमान गरिएको छ । प्रदर्शनकारीहरूले हतियार पनि लुटेका थिए । पेस्तोल, बन्दुक र ग्यास गन गरेर करिब १ हजार १ सय थान हतियार लुटिएको नेपाल प्रहरीका सहप्रवक्ता एवं एसएसपी रमेश थापाले बताए ।

लुटिएकामध्ये नेपाली सेनाले करिब ३ सय थान हतियार बरामद गरेको छ । प्रहरीका अनुसार गोली र अश्रुग्यास पनि हराएको छ ।

देशभर प्रदर्शनको क्रममा १ हजार ९ सय ६३ प्रहरी घाइते भएको एसएसपी थापाले बताए । यसमध्ये १ हजार ९ सय ३९ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् ।

घाइते प्रहरीमध्ये २४ जनाको अझै उपचार जारी छ । आन्दोलनको क्रममा ३ जना प्रहरी मारिएका थिए । अहिलेसम्म प्रहरी र प्रदर्शनकारी दुवैतर्फ मृत्यु हुनेको संख्या ७४ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.