खोटाङमा सामूहिक बलात्कारपछि रेस्मिकाको हत्या, मुख्य आरोपी पक्राउ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २, बिहीबार ११:००

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ ।

सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी डीएसपी बुढाथोकीले दिए ।

रेस्मिका सहकारीमा काम गर्थिन् । दिनभर सहकारीमा काम गरेर साँझ घर फर्किंदै गर्दा बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मृतक रेस्मिकाको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम भएको छ ।

पोस्टमार्टमपछि परिवारका सदस्यले शव लगेर अन्त्येष्टि गरिसकेका छन् । शवको बुधबार दाहसंस्कार गरिएको हो । घटनामा संलग्न सबैलाई जतिसक्दो चाँडो पक्राउ गरेर कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

यस घटनाले गाउँभर त्रास फैलिएको छ । स्थानीय र छिमेकी विक्षिप्त छन् । स्थानीयले दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.